बृद्द बृद्दालाई तरुण दलको न्यानो कम्वल

335

भक्तपुर । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर भक्तपुर तरुण दलले बृद्द बृद्दालाई कम्वल वितरण गरेको छ ।
थिमीको द्यौमा बृद्दा आश्रममा दलले न्यानो कम्वल हरलिक्स अनी अन्य सामान वितरण गरेको हो ।

कम्वल वितरण गर्दै नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले मेलमिलाप दिवसका अवसरमा बृद्द बृद्दामा सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो ।


उहाँले हाल राजनीति धन्दाका रुपमा गएको बताउँदै यसलाई अवका दिनमा धन्दाका रुपमा नभई सहयोग र साथीको रुपमा लैजानु पर्ने बताउनुभयो ।

हाल राजनीतिक रुपमा सवै राजनीतिक दलहरु हामी कतै अल्मलियका छौं एक अर्कालाई अंगाल्न नसक्ने अवस्थामा पुगेका बताउँदै उहाँले अवका दिनमा यस्तो अवस्थालाई चिर्दै सवै मिलेर जानु पर्ने दिन आएको बताउनुभयो । सभापति थापाले मेलमिलापको अर्थलाई सार्थक बनाउन बर्तमान सरकारलाई साथ र सहयोग दिदै सरकारको म्याण्डेड अनुरुस सुखी नेपालीको लागि नेपाली काँग्रेसले पनि साथ र सहयोग दिनु पर्ने बताउनुभयो ।

तरुण दल सामाजिक कामको लागि मात्र भएका कारण आफूहरुले सहयोगका हात बढाएको तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताउनुभयो । उहाँले आगामी दिनमा पनि तरुण दल सेवा नै जुट्ने प्रतिवद्दता समेत गर्नु भएको थियो ।
थिमीको कमलपोखरी नजिक रहेको द्यौ मा बृद्दा आश्रममा रहेका १३ अभिभावकलाई तरुण दलले सहयोग जुटाएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका विभिन्न सदस्य एवं तरुण दलका सदस्यहरुको उपस्थिती रहेको थियो ।