बेथानचोक गाउँपालिकाको आग्रह : उत्कृष्ट महिला सहकारी संस्था छनोटका लागि प्रस्ताव पेस गर्न आह्वान

0

काभ्रे । बेथानचोक गाउँपालिकाले उत्कृष्ट महिला सहकारी संस्था छनोटका लागि प्रस्ताव पेस गर्न आग्रह गरेको छ। गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय ले २०८२ फागुन २८ गते जारी गरेको परिपत्र बमोजिम उत्कृष्ट महिला सहकारी संस्था छनोट गरी पठाउन आह्वान गरेको हो।

मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार उत्कृष्ट महिला सहकारी संस्थालाई क्षमता विकास तथा प्रोत्साहन सहयोग कार्यक्रम कार्यान्वयन गर्न बेथानचोक गाउँपालिका भित्र सञ्चालनमा रहेका महिला सहकारी संस्थामध्येबाट मापदण्डका आधारमा उत्कृष्ट संस्था छनोट गरिने सूचनामा उल्लेख गरिएको छ।

छनोट गरिएको उत्कृष्ट महिला सहकारी संस्थालाई सामाजिक विकास कार्यालय धुलिखेल मा सिफारिस गरी पठाउनुपर्ने भएकाले सोही मापदण्डको दफा ८ बमोजिम इच्छुक महिला सहकारी संस्थाहरूले आगामी चैत १२ गतेभित्र प्रस्ताव पेस गर्न गाउँपालिकाले अनुरोध गरेको छ।