बेपत्ता दिवसको अवसरमा बेपत्ता तथा शहिद परिवार सम्मान गरिने

471

भक्तपुर । बेपत्ता दिवसको अवसरमा भक्तपुर वाईसियलले बेपत्ता तथा शहिद परिवारलाई सम्मान गर्ने भएको छ ।

बेपत्ता भएका तथा शहिदको सम्मानकोलागि आफुहरुले उनीहरुको परिवारलाई सम्मान तथा अभिनन्दन गर्न लागेको वाईसियल जिल्ला अध्यक्ष दिनेश थपलिया (आक्रोस)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार देश निर्माण नै शहिद तथा बेपत्ता नागरिकको रगत पसिनाले भएको बताउँदै हल सवैले उनीहरुलाई भुल्दै गएको प्रति आफुहरु दुःखी भएको बताए ।
बेपत्ता दिवसका अवसरमा जेष्ठ ७ गते सुर्यविनायक रिसोर्टमा वाईसियल भक्तपुरले बेपत्ता तथा शहिद परिवारलाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम रहेको वाईसियल भक्तपुरले जनाएको छ ।

विहान ७ बजे देखि सुरु हुने उक्त कार्यक्रममा गृह मन्त्री राम वहादुर थापा बादलले बेपत्ता तथा शहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।