बेबिलोनका विद्यार्थी चीन प्रस्थान

1080

 

काठमाडौं ।

बेबिलोन नेशनल स्कुल शान्तिनगरका विद्यार्थीद्धय सुप्रिना राई र रइसा राई सोमबार चीन प्रस्थान गरेका छन । उनीहरुको साथमा चिनीया भाषा शिक्षक झांग होंग पनि चीन गएका छन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईका अनुसार सोमबारदेखि शुक्रबार (२२ देखि २६ अक्टोबरसम्म चीनको राजधानी बेइजिंगमा आयोजना हुने ‘द क्याम्प फर नेप्लिज योंगस्टर इन चाइना’ मा भाग लिन उनीहरु चीन गएका हुन ।

नेपालस्थित चिनीया राजदूतावासले मुलुकभरीका ४० विद्यालयका विद्यार्थीविच केही मिहनाअघि आयोजना गरेको चित्रकला प्रतियेगितामा बेबिलोन स्कुलकी सुप्रिना राई प्रथम भएकी थिइन । सोही आधारमा सुप्रिना चीन जान लागेकी र उनीसंग चीनको अनुभव बटुल्न रइसा पनि चीन गएकी विद्यालयकी शिक्षक— अभिभावक संयोजक कमला केसीले बताइन ।

चीन जान लागेका विद्यार्थीलाई बेबिलोन नेशनल स्कुलको इन्टरनेशनल स्कुल एवार्ड (आइएसए) कोअर्डिनेटर अनिता सिग्देलले सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेकी थिइन ।