भक्तपुरको आदर्शमा दुर्घटना श्रीमतीको घटना स्थलमै मृत्यु श्रीमान घाइते 

6179

 

भक्तपुर । भक्तपुरको जगाती नजिक आदर्शमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक युवतीको घटना स्थलमा नै मृत्यु भएको हो ।

अरनिको राजमार्ग अन्तर्गत आदर्शमा भएको उक्त दुर्घटनामा युवतीको शरीर क्षत विक्षत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भक्तपुरको आदर्शमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २५ वर्षीय युवतीको मृत्यु भएको हो ।

आदर्श भक्तपुर फ्युल सेन्टर अगाडी जगाती बाट सूर्यविनायक तर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र विपरीत दिशा  तर्फ आउँदै गरेको प्रदेश नं ३ –०२–००२प ६९३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई ६९३ नं को मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायक बाट जागाती तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११  नं को टेलर गाडीमा समेत ठक्कर दिन पुग्दा उक्त भयानक दुर्घटना भएको हो ।

टेलरमा ठोकिन पुग्दा ६९३ नं को मोटरसाइकल पछाडि सवारी काभ्रे बनेपा नगरपालिका वडा नम्वर २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरे घटनास्थलमा नै मृत्यु भएको हो । टेलरको मुनी पर्दा उनीलाई टेलरले केही मिटर सम्म घिसारेका कारण उनको शरीर क्षत विक्षत भएको प्रत्यक्षदर्शीले बताए ।

हाल उहाँको शव पोस्ट मार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको प्रहरीले जनाकारी दिएको छ ।

साथै  दुवै मोटरसाइकल चालकहरू घाइते भई उपचारको लागी मध्यपुर अस्पताल लगिएको समेत प्रहरीले जानकारी दिएको छ ।

घटनामा ६९३ नं को चालक काभ्रे बनेपा न.पा.२ घिमिरे गाउँ बस्ने वर्ष ३० को किरण घिमिरे, बोल्न सक्ने,दाहिने हातको पन्जामा र दाहिने खुट्टाको थाई र पिँडौलामा भित्री चोट लागेको अवस्थामा रहेका छन् । मृतक उनकी श्रीमती हुन् ।

भने २८५९ नं को मोटरसाइकल चालक ओखलढुङ्गा जिल्ला सुनकोसी गा.पा.४ घर भई हाल नलिन चोक बस्ने वृत्त जनसेवा दरबन्दी भई हाल उक्त कार्यालयमा नै कार्यरत ३२ वर्षको प्रहरी जवान हिरा बडाल, बोल्न सक्ने,दुवै हातको नाडीमा लछारिएको, ढाडमा भित्री चोट र दाहिने खुट्टाको घुँडा फ्याक्चर रहेको अस्पताल र प्रहरीले जानकारी दिएका छन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।