Home समाचार भक्तपुरको कौशलटारमा आगलागीः करोडौंको क्षति
भक्तपुर । भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार डाँफेटोलमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको नोक्सानी भएको छ ।
आइतबार राति ११ः३० बजेदेखि लागेको आगो उपत्यकाका ७ दमकल सेना प्रहरी ससस्त्र प्रहरी साथै स्थानीय बासिन्दाको सहयोगमा बिहान ३ः३० मा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट ३ करोड मूल्य बराबरको क्षति भएको फर्निचर संचालक राम श्रेष्ठले बताएका छन् ।
प्रहरीका अनुसार आगो राति नै नियन्त्रणमा लिइएको र के कति क्षति भएको हो भन्ने बारे यकिन हुन नसकेको जानकारी दिएका छन् ।
Related