भक्तपुरको बाराही मन्दिरबाट तोरण चोरी

1507

भक्तपुर । दशैंको सयम छोपी भक्तपुरको बंशगोपाल स्थित बाराही मन्दिरबाट झ्यालको तोरण चोरी भएको छ । गए राति मन्दिरबाट तोरण चोरी भएको हो । बिगतका समयमा भक्तपुरमा बिभिन्न स्थानबाट मूर्ति र तोरणहरु चोरी हुने गरेता पनि पछिल्लो समय चोरीको घटना भने भएको थिएन ।

तर दशैं मनाइरहेको अवस्थामा चोरीको घटनाले फेरी पनि सर्वसाधारणमा त्रास छाएको स्थानीहरु बताउँछन् । एक स्थानीयका अनुसार मन्दिर भित्रको मूर्ति चोर्ने पर्यास असफल भएता पनि तोरण भने चोरी भएको चोरीको प्रकृति नियाल्दा देखिएको छ । तोरण निकाल्न साथ तोरणकै पछि रहेको बाराहीको मूर्ति चोर्न सहज देखिएको चोरीको प्रकृतिले देखाउने समेत उनले बताए ।

प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठका अनुसार चोरीको प्रकुृति हेर्दा मूर्ति चोरीको उदेश्य नरहेको स्थलगत अवलोकन पश्चात देखिएको उनले बताए । उनी भन्छन् यो तोरण चोरी भईसकेको र फेरी प्रतिश्थापन गरिएको हो । चोरीका बारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

पर्वका समयमा भक्तपुरको सुरक्षामा अवस्था मजबुद रहेको बताएता पनि यो चोरीको घटनाले भक्तपुरको सामाजिक सुरक्षाको अवस्था बारे प्रष्टाएको स्थानीयहरु बताउँछन् । प्रहरीले दशैंको समयमलाई मध्य नजर गर्दै ढुक्क भएर दशैं मनाउन गरेरको सुरक्षा योजना सार्वजनिले यो चारी लगाएत भक्तपुरमा भएका बिभिन्न खालका साना चोरीको घकटनले सुरक्षा योजनालाई गिज्याई रहेको एक स्थानीय बताउँछन् ।भक्तपुरन्यूज