काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
आज बिहान साढे ६ बजे पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९ नम्बरको कार एक आपसमा ठोक्किदा कार अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका ५८ वर्षीय योगराज बरालको उपचारका क्रममा आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।








































