भक्तपुरमा गुणस्तरीय दूध उत्पादन तालिम सम्पन्न

409

भक्तपुर । केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालद्धारा राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोगमा भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. को संयोजनमा चाँगुनारायण न.पा. वडा नं. ८ कलमसीका लोकेश्वर दुग्ध उत्पादक सहकारी संस्था लि. र गौखुरेश्वर दुग्ध उत्पादक सहकारी संस्था लि.का सदस्यहरुलाई सफा, स्वच्छ दूध उत्पादनमा अभिप्रेरित गर्ने र सो सम्बन्धमा राज्यको नीतिबारे पनि जानकारी गराउँदै दूध उत्पादनमा लागत न्यूनिकरणका उपायहरु खोज्ने प्रयासका रुपमा दिने गुणस्तरीय दूध उत्पादन तालिम सम्पन्न गरीएको छ ।

केन्द्र्रीय संघका व्यवस्थापक मनोज लामिछानेले सञ्चालन गर्नुभएको समापन सत्रको अध्यक्षता जिल्ला अध्यक्ष हरिप्रसाद नेपालले गर्नुभएको थियो भने कार्यक्रममा सहयोगी संस्था राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक बाबुकाजी पन्तको प्रमुख आतिथ्यता र बोर्ड सदस्यहरु रामप्रसाद आचार्य र विश्वराम खड्काको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथी एवं अतिथीहरुको हातबाट प्रमाण पत्र समेत वितरण गरीएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदैर् खरीपाटी डेरीका सञ्चालक समेत रहेका बोर्ड सदस्य विश्वराम खड्काले गुणस्तरीय दूध उत्पादन गरेमा मात्र उचित मूल्य प्राप्त गर्न सकिने र उद्योगहरुले गुणस्तरीय दूधलाई अतिरिक्त मूल्य समेत दिइरहेको बताए भने केन्द्रीय महासचिव समेत रहेका अर्का बोर्ड सदस्य रामप्रसाद आचार्यले  सहकारी मार्फत दुग्ध व्यवसाय सञ्चालन गर्दा लाभ सदस्यलाई नै जाने हुँदा दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउँदै सहकारी उद्यम विकासतर्फ अघि बढ्नुपर्ने बताए ।

बोर्डका नि. कार्यकारी निर्देशक बाबुकाजी पन्तले बोर्ड सदैब दुग्ध उत्पादक किसान र सहकारी  संस्थालाई दुग्ध  वसायको

विकासका लागि सहयोग गर्न तयार रहेको र यो कार्यक्रम यसैको एउटा  नमूना रहेको बताए । कार्यक्रमको समापन गर्नुहुँदै केन्द्रीय लेखा सदस्य समेत रहनुभएका जिल्ला अध्यक्ष हरिप्रसाद नेपालले तालिममा सहभागी सम्पूर्णलाई बधाई दिदै तालिममा सिक्नुभएको ज्ञानलाई व्यवहारमा उर्तान वास्तविक तालिम अब शुरु भएको बताउँदै दुग्ध उत्पादक किसान सदस्यहरुको मागका आधारमा आगामी दिनमा थप कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।

केन्द्रीय संघको आयोजना र बोर्डको सहयोगमा यस वर्ष यस्तै कार्यक्रम यसअघि मकवानपुर जिल्लाका गोरस महिला दुग्ध उत्पादक सहकारी संस्था लि. र चुरियामाई महिला जीबन वातावरण बहुउद्देश्यीय सहकारी संस्था लि.मा सम्पन्न भएको कार्यक्रमका सञ्चालन केन्द्रीय व्यवस्थापक मनोज लामिछानेले बताए ।