भक्तपुरमा पहिलो पटक वीवीएमको पढाई

368

भक्तपुर । काठमाडौं उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलो पटक वीवीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट)को पढाई हुने भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन (स्वीकृति) प्राप्त गरेको छ । स्वीकृति प्राप्त गरेपछि यो वर्षदेखि बीबीएमको पढाई हुने कलेजले जनाएको छ ।
ख्वप कलेजका प्राचार्य रुपक जोशीले तीनवर्षपछि कलेजले बीबीएमको लागि स्वीकृति प्राप्त गरेको जनाए । ‘सम्वन्धन शुल्कका लागि आवश्यक १५ लाख रुपैयाँं हामीले तिरिसककेका छौं, यो वर्षदेखि यसको पढाई सुरु हुन्छ, प्राचार्य जोशीले जनाए ।
यसको पढाई समेष्टर सिस्टममा हुने जनाइएको छ । कोर्ष चार वर्षे हुनेछ । ६ छ महिनाको आठ वटा समेष्टर हुनेछ । सेमेष्टर प्रणालीमा रही मार्किग पनि ग्रेडिंग सिस्टममा रहने हुनाले विद्यार्थीको आकर्षण यसप्रति रहेको जनाइएको छ । कम्प्युटर कोर्षहरु पनि रहेकाले यसप्रतिको आकर्षण वढी रहेको बताइएको छ । म्यानेजमेन्टका मिड लेभलका विद्यार्थीको विशेष आकर्षण यसप्रति रहेको जनाइएको छ ।
काठमाडौंमा वीबीएमको पढाई विशेष गरी सरकारी क्याम्पसहरुमा हुँंदै आएको जनाइएको छ । यसबाहेक केही फाटफुट मात्रै निजी क्याम्पसहरुले यसको पढाई गरिरहेको जनाइएको छ ।
यसका लागि भदौ ३० गते प्रवेश परीक्षा हुँंदैछ । प्रवेश परीक्षा जताबाट दिए पनि आफूले पढ्न चाहने कलेजमा अध्यापन गर्न सकिने जनाइएको छ ।