भक्तपुरमा मौलिक परम्परामा कुमालेको सिप हेर्न पाइने (फोटाहरु सहित)

559

भक्तपुर । भनिन्छ संसार नै एक कुमालेको चक्र जस्तै हो । कहिले घाम त कहिले पानी । यस्तै कुमालेको चक्रमा नेवार समुदायमा प्रजापतिको जीवन शैली झल्कने भित्ते चित्र संग्रालयको निर्माण हुने क्रममा रहेको छ ।

प्राय हामी आधुनिक भित्ते चित्र देख्दै आएका छौं तर भक्तपुरमा अव माटोबाट बनेको थ्रिडि भित्ते चित्रले मनै लोभ्याउने छ ।
झट्ट हेर्दा समान्य लाग्ने तर भक्तपुरको दत्तात्रय नजिक तौलाछेँ गणेश घर द्यैंछेंको भित्तामा नेवार समुदायका विभिन्न समयका रहनसहनलाई भित्तामा दर्शाउने कोषिस गरिएको छ ।

नेवार समुदायमा पनि प्रजापति समुदायको विभिन्न संस्कार रहन सहन एवं परम्परा दर्शाउने कोषिस स्वरुप भित्तामा माटोबाट बनेका टाईलमा परम्पराको आकृति बनाईएको छ ।

नेवार समुदायको खेती पातीमा जान खर्पन बोकेको , परम्परागत तरिकाले रक्सी पारेको , माटोका भाँडा बनाउँदै गरेको , ढुंगे धारामा महिलाहरु पानी भर्दै गरेको , जात्रामा सहभागी हुँदै , माटोका भाँडा पोल्दै लगायत विभिन्न संस्कारहरु झल्कने टाईलहरु द्यैंछेंको भित्तामा टाँसिँदै छन् ।

अस्ट मात्रिकाको प्रतिक मात्र नभएर पुरै तीन तल्ला नै विभिन्न माटोबाट बनेका टाईलमा खोपियको विभिन्न कला कृतिहरुले भर्ने लक्ष्यका साथ काम गरि रहेको द्यैंछेंका अध्यक्ष गौतम प्रजापतिले बताउनुभयो ।

उहाँका अनुसार २०७१ सालमा जग हालेर सुरु गरिएको उक्त द्यैंछेंं २०७७ साल सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आफूहरु अघि बढेको उहाँले जानकारी दिनुभयो ।

नेवार समूदायको परम्परा संस्कार सहितको जिवन्त संग्रालयका रुपमा नै चिनाउने हेतुले आफूहरु काम गर्दै आएको उहाँले जनाउनुभयको छ ।