भक्तपुरमा रेडक्रस अभिमुखीकरण तथा जलवायु परिवर्तन विषयक छलफल कार्यक्रम सम्पन्न

33

भक्तपुर :– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको आयोजनामा युवा स्वयंसेवकहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम रेडक्रसको आधारभूत सिद्धान्त, भूमिका तथा गतिविधिका साथै जलवायु परिवर्तन सम्बन्धी विषयमा लक्षित समूह छलफलका रूपमा सञ्चालन गरिएको हो।

कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट आएका २४ जना युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा रेडक्रसको संरचना, उद्देश्य, विपद् व्यवस्थापन, रक्तदान कार्यक्रम, स्वच्छता तथा प्राथमिक उपचार लगायतका विषयमा जानकारी प्रदान गरिनुका साथै जलवायु परिवर्तनका असर, अनुकूलनका उपाय तथा युवाको भूमिकाबारे समुहगत छलफल गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका पदाधिकारीहरूले कार्यक्रमलाई स्वागत तथा समापन मन्तव्य दिए। सहभागीहरूले कार्यक्रमले रेडक्रसप्रति थप जानकारी र प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।

यस कार्यक्रममार्फत युवालाई सामाजिक सेवामा अभिप्रेरित गर्दै जलवायु सचेतनाको सन्देश फैलाउने उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन्।