भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित भैरबि आधारभूत विद्यालयले शुक्रवार विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।
जाडो मौसम बढ्दै गएपछि विद्यालयलले आन्तरिक स्रोतबाट विद्यालयका ८५ जना विद्यार्थीहरूलाई स्वेटर र टोपी उपलब्ध वितरण गरेको हो ।
न्यानो कपडा वितरण गर्दै सूर्यविनायक नगररपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले विद्यालयले प्रदान गरेको न्यायो कपडले विद्यार्थीहरुलाई विद्यालयमा आउन थप उत्साह हुने बताउनुभयो ।
उहाँले आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई भने विद्यालयले वितरण गरेको न्यानो कपडाले ठूलो राहत हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयमा इसिडिदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा बालप्रविधिमैत्रीबाट पठन पाठन हुँदै आएको विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।







































