भक्तपुरमा साना उद्योगी सम्मानित

527

भक्तपुर । भक्तपुरका तीन साना उद्यमी सम्मानित भएका छन् । तेस्रो राष्ट्रिय उद्योग दिवसमा भक्तपुरका तीनजना उत्कृष्ट साना उद्यमी सम्मानित भएका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले घरेलु तथा साना उद्योगतर्फ उत्पादन, परम्परागत र सेवामूलक क्षेत्रमा आफ्नो तर्फबाट योगदान पुञ्याउँदै आएका तीन उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो ।

सम्मानित हुने उद्यमीमा ब्युटिसियन तर्फ गीता गिरी , साना उद्यमीमा टाइचिन चिउरा उत्पादक वीरेन्द्र जती, परम्परागत मुकुन्डो उत्पादन गर्दै परम्परा जोगाउँदै आएका सोम तामाङ रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले आयोजना गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा प्रदेश नम्वर ३ का सदस्य शशिजंग थापाले सबै नेपाली उत्पादनमा लागे देश आर्थिक रुपले स्वतः समृद्ध हुने वताए । उनले हाल विदेशी उत्पादनमा नै हामी निर्भर हुँदा स्वदेशी उत्पादनले बजार पाउन नसकेको दुखेसो पोखे ।

हाल गाउँमा उत्पादन छैन बरु चाउचाउ र भात खान तयार छन् आफूले उत्पादन गर्न कोहि लागि परेका छैनन् यस्तै अवस्था रहने हो भने देश उद्यमसिलताको बाटोमा कहिले जान नसक्ने उनको ठम्याई रहेको थियो ।

स्वदेशी उत्पादनलाई जोड दिन सरकारले अव सरकारी सेवामा भएका कर्मचारीहरुको पोषाकबाट नै सुरु गर्नु पर्ने उनको भनाई थियो ।
अव सवै समस्याको समाधान गर्दै साना उद्यमलाई प्रोत्साहन गर्न नसकेसम्म देशले समृद्दिको बाटो नलिने उनको ठम्याई थियो ।

कार्यालयका प्रमुख सीताराम खड्काले औद्योगीक पूर्वाधार ग्रमको कुरा मात्र गर्ने काममा भने चासो नदिने हो भने उद्यमसिलता हाँसिल गर्न नसकिने बताए । उनले अवको समस्या भनेको स्थानीय निकायमा उद्यमको स्थापनाको रहेको छ जसको समाधानका लागि प्रदेश स्थानीय निकाय र केन्द्रिय सरकारको एकै निती आवश्यक रहेको वताए ।

कार्यक्रममा साना तथा घरेलु संघका अध्यक्ष विरेन्द्र जति र महिला उद्यमी संघकी सचिव सर्मिला शिल्पकारले हाल सरकारको दोहोरो कर नितीले ब्यवसायी एवं नयाँ उद्यमी मर्कमा परेको बताए । उनीहरुले साना उद्यमको विकास नभएसम्म देश विकास हुन्न भन्ने नारा दिने तर ब्यवहारमा घाँटी निमोठेर दोहोरो करको दायरमा उद्यमीलाई पार्ने गर्दा साना उद्यमी पलायनको अवस्थामा पुगेको बताए ।