भक्तपुर । भक्तपुरका विभिन्न स्थानबाट स्कुटर चोरी गर्दै आएका तीन जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा सुनसरीको धरान घर भई हाल मध्यपुर थिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ घर भई हाल बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र मध्यपुर थिमी नगरपालिका–६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न स्थानमा पार्क गरिएको स्कुटरको लक फोरेर चोरी गर्ने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरूसँग सम्बन्धित अन्य घटनाहरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।








































