भक्तपुरमा १७ वर्षीया किशोरीलाई रिसोर्टमा लगेर बलात्कार

485

बलात्कारको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलामको ईलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो बलात्कार गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।