भक्तपुर । आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी घुस रकमसहित पक्राउ परेका छन्।
नासु सुवेदीले स्वास्थ्य चौकी भवन निर्माणपछि नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजनपत्र बनाउने प्रयोजनको लागि भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले नासु सुवेदीलाई सेवाग्राहीबाट लिएको घुस रकम १५ हजार सहित पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नासु सुवेदीलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जानकारी दिएको छ।








































