Home खेलकुद भारतलार्इ २–० ले हराउँदै नेपाल बन्यो यू१८ साफ च्याम्पियन
काठमाडौं । भुटानको थिम्पुमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपमा भारतलाई २–० ले हराउँदै नेपाल विजयी भएको छ ।
भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले २–० ले खेल जित्यो ।
यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबावमा थियो ।
Related