भिमेश्वरमा स्काउट दिक्षा

318

काठमाडौं । कागेश्वरी\मनोहरा नगरपालिका १३ गोठाटारस्थित भिमेश्वर एकेडेमीमा सञ्चालित भिमेश्वर स्काउट ट्रुपका नवदिक्षित स्काउटलाई दिक्षा दिइएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल अमृत खड्का तथा वरिष्ठ स्काउट गुरु शिवकुमार त्वायनाले नवदिक्षित स्काउटलाई स्कार्फ र ब्यायज वितरण गरेका थिए ।
भिमेश्वर एकेडेमीमा गतवर्षदेखि सञ्चालन गरिएको स्काउट कक्षामा विद्यार्थीहरु संलग्न भएपछि उनीहरु बढी अनुशासित भएको, उनीहरुको जिम्मेवारी र सकृयता बढेको मात्रै नभई उनीहरुको दैनिकीमा सकारात्मक असर परेको संस्थापक प्रिन्सिपल खड्काले बताए ।