भोलि यात्रामा निस्कने सोचमा हुनुहुन्छ ? यी जिल्लामा चल्नेछैन गाडी

242

काठमाडौं– भोलि (आइतवार) कतै यात्रामा निस्कने योजनामा हुनुहुन्छ ? हुनुहुन्छ भने  तपाईंलाई समस्या पर्न सक्छ । पहिलो चरणअन्तर्गत आइतवार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन कारण ३२ जिल्लामा अनुमति पाएका बाहेकका सवारी साधन नचल्ने भएका छन् ।

आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४  का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का  रूकुम (पूर्वी भाग) र  रोल्पा, प्रदेश नं ६  का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा  तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र  बैतडी जिल्लामा  अनुमति नलिएका कुनै पनि सवारी  नचल्ने प्रहरीले जनाएको छ ।

बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने छन् ।