मंगोलियन हर्ट ‘घर मेरो पूर्व ’ को नयाँ भिडियो सार्वजनिक

383

 

नेपाली लोक फोल्क मेलोडी ब्याण्ड मंगोलियन हर्टले आफ्नो तेस्रो म्यूजिक भिडियो सार्वजनिक गरेको छ। यसका लेखक र रचना सुसन लामा रहेको छ । दाजु भाई कम्पनी द्वार निर्मित, निर्माता कर्मा धुन्डूप योन्जनको सहयोगमा रामेछाप पोङ्दी गाउँमा छयकन् गरेका छन ।निकै नै रमणिय स्थल र परटकिये (Tourism ) को लागि एउटा गन्त्वय् बन्ने साम्भवना रहेको गायक राजु लामा भन्छन ।
भिडियोमा राजु लामा, बोबी लामा,निरन्जली लामा, चन्दरी तमाङ र अन्य साथीहरु देख्न सक्ने छन् ।

पछिल्लोपटक ब्याण्डले ‘एक जोडी नयन’ को म्युजिक भिडियो पनि सर्वजानिक गरेर स्रोताको मन जित्न सफल भएको छ ।

नयाँ अल्बमबाट यसअघि ‘आधा रोगी र ‘एक जोडी नयन’ बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा मंगोलियन हर्टले आफ्ना प्रत्येक सिर्जनाहरु आइट्युनको माध्यमबाट सार्वजनिक गर्दै आएको छ। त्यसबाहेक ब्याण्ड र श्रोता नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ। म्यनेजर तथा गीतारिस्ट बोबी लामा भन्छन ।

मंगोलियन हर्टका जे जति गीतहरु आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको छ, ती सबैलाई श्रोता–दर्शकहरुले अत्यधिक मनपराएको पाइएको छ। ब्याण्डको आधिकारिक च्यानल मा यतिबेला थुप्रै गीतहरु समावेश भइसकेका छन्। छिट्टै नै यस च्यानलमा मंगोलियन हर्टका सम्पूर्ण गीतहरु राख्ने तयारी चलिरहेको म्यनेजर तथा गीतारिस्ट बोबी लामाले जनाएको छ।

२५ बर्षा सम्मा नेपाली म्युजिकमा लगेर अहिले सम्मा दर्शक हरुको माया पाइरहेको हुँदा हामी मंगोलियन हर्ट अज्जा उतसहित् भएका छौ ।मंगोलियन हर्टका मुख्य गायक राजु लामा भन्छन् ।

मंगोलियन हर्टमा यतिबेला राजु लामालाई म्यनेजर तथा गीतारमा बोबी लामा ड्रमसेटमा सन्तोष थापा , बेस गितारमा पवन कपली , लिड गितारमा किरन नगरकोटिले सघाउँदै आएका छन्।