ममाथि सांघातिक आक्रमण भयो, चार इञ्चले बाँचेः पौडेल

349

लमजुङ– नेपाली कांग्रेसका नेता राम्रचन्द्र पौडेलमाथि शनिवार प्रेसर–कुकर बम आक्रमण भएको छ । गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गरी लमजुङ फर्किने क्रममा पौडेलमाथि तनहुँको भानु नगरपालिका–१० मा कुकर बम आक्रमण भएको हो ।

बम प्रहारबाट पौडेलको गाडीमा क्षति पुगेको छ । केही कार्यकर्ता पनि घाइते भएका छन् । पौडेल भने सकशुल छन् ।

आफूमाथि भएको बम प्रहारलाई पौडेलले सांघातिक आक्रमण भनेका छन् । लोकान्तरसँगको कुराकानीमा पौडेलले आफ्नो हत्या गर्ने उद्देश्यसहित बम आक्रमण भएको बताए ।

बम आक्रमणबारे पौडेलेकाे प्रतिक्रिया, 
गोरखाका कार्यक्रम सकेर लमजुङ आउँदै थियौं । बाटोमा यस्तो (बम) आक्रमण भयो । यो सांघातिक आक्रमण हो । ज्यान लिने उद्देश्यले नै आक्रमण भएको देखिन्छ । म ४ इञ्चले बाँचे । अन्य केही साथीहरु घाइते भएका छन् । मेरो गाडीमा क्षति पुगेको छ । सरकारले पनि सुरक्षा व्यवस्थालाई अलि कडा पार्नुपर्ने देखिन्छ । यस्तो गतिविधिले हिंसालाई प्रसय दिन्छ । lokanter