काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले महामन्त्रीद्वयले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सके आगामी चुनावमा बहुमत आउने दाबी गरेका छन्।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सालासाली, दाइभाइहरुलाई ढोकाबाटै बाहिर राख्न सक्नुपर्ने बताए।
उनले भने, ‘सभापतिले यो पार्टीबाट सबै चिज लिनुभयो। अब हामीलाई दिनुपर्ने बेलामा भागिराख्नुभएको छ। एकताको सन्देश दिन उहाँलाई पनि यहाँ ल्याउनु छ।’
उनले कांग्रेसका कार्यकताले रुख चिन्हबाहेक अरुमा भोट नहाल्ने संकल्प पनि गर्नुपर्ने बताए।








































