काठमाण्डौं । संसारमा सबै भन्दा ठूलो धर्म भनेको नै दान भनिन्छ तर त्यो भन्दा पनि ठूलो विषय भनेको अरुको जीवन रक्षा गर्नू हो भन्दै मोडल एन्जिला वाइबा तामाङ समाजसेवामा अग्रसर हुनु भएको छ ।
लामो समयदेखि म्हेंदोमाया तथा नेपाली म्युजिक भिडीयोमा चर्चामा रहेकी मोडेल एन्जिला वाइबा तामाङ पछिल्लो समय समाज सेवामा अग्रसर देखिनु भएको हो ।
उहाँ हाल बिगत ९ महिना देखी पेटको क्यान्सरबाट पीडित ५ बर्सिय पासाङ नुर्बु तामाङको जीवन रक्षाका लागि दिन रात लागि पर्नु भएको छ । कमजोर आर्थिक अवस्था भएका उनको उपचारमा सहयोग जुटाउन नै उनको दिन वित्ने गरको छ ।
पीडित भाइको उपचारको लागि सबैमा सहयोगको याचना गर्दै उहाँले हाम्रो सानो सहयोगले सानो नानीको जीवन रक्षा हुन् सक्छ यो भन्दा ठूलो कर्म केहि हुन्न भन्दै उनले सहयोगको लागि याचना गरिन ।
यस्तै उनले आफ्नो संयोजकतमा देश तथा विदेश बाट संग्कलित रु ३३५०० तेतिस हजार पाच सय पिडित ५ बर्षको बालक पासाङ नुर्बु तामाङको बुबा जयराम थिङ तामाङलाई हस्तान्तरण गर्नुभएको छ ।
रकम हस्तान्तरण गर्दै संयोजक वाइबाले सम्पूर्ण सहयोगी हातहरुलाई हृदयदेखि धन्यबाद दिदै पछिल्ला दिनमा पनि सहयोगको अपेक्षा रहेको जनाउनुभएको छ ।
५ बर्सिय पासाङ नुर्बु तामाङ पेटको क्यान्सबाट पीडित रहेका छन् । सामान्य परिवारका उनको आर्थिक अभावले उपचार हुन सकि रहेको छैन । रोग के हो भन्ने समेत थाहा नहुँदै उनलाई लागेको रोगले उनी खेल्ने कुद्ने उमेरमा अस्पताल धाउन बाध्य भएका छन् । हाम्रो सानो सहयोगले उनले पुन जीवन पाउन सक्ने देखिन्छ ।
उनलाई सहयोग गर्ने सहयोगीहरु
१,निर्मला घलान रु १०,०००
२ ,जस बहादुर तामाङ रु ८७७२
३, आश्मान वाइबा रु ५०००
४ इन्स्पेक्टर किस्मान तामाङ रु ३१००
५,एम बि गुरुङ रु ११००
६,गोपाल श्रेष्ठ रु १०००
७,रोहित कुमार तामाङ रु ५००
८,बिना घले रु ५००
९,एरिन तामाङ रु ५००
१०,सुदिन दोङ तामाङ रु १०००
११,राम गोम्ज रु १०००
१२,सुनिल ग्रेम्ब रु १०००
यस्तै इराक को बग्दाद मा अबस्थित US EMBASSY AND UNION मा कार्यरत नेपाली दाजु भाईहरु द्वारा क्यान्सर बाट पिडित भै हाल कान्ती बाल अस्पतालमा उपचार गराई रहेका पासङ नोर्बु भाईको उपचार्थ सहयोग प्रप्त भएको मोडल एन्जिला वाईवाले जानकारी दिएकी छन् ।