भक्तपुर । राप्रपाको नेतृत्वमो देश भर धर्म जागरण सभा हुने भएको छ ।
यस्तै यहि माघ १२ , १३ र १४ गते ७५३ नै स्थानीय तहमा सनातन घर्म जागरण सभा आयोजना हुने भएको छ ।
हाम्रो धर्म संस्कृति अनी परम्पराको रक्षाको लागि राप्रपाले देश भरका ७५३ स्थानीय निकायमा नै उक्त धर्म जागरण सभा आयोजना गर्न लागेको मेची महाकाली राष्ट्रिय स्वाभिमानी यात्रा अभियानका सचिब माधब खत्रीले जानकारी दिनुभयो ।
हाल विभिन्न संघ संस्थाका नाममा सक्रिय रहेका विधर्मीहरुको आक्रमण प्रलोभन अनी विभिन्न वहानामा गराईदै आएको धर्म परिर्वतन तथा उनीहरुले हाम्रो धर्म संस्कृति अनी परम्परामाथी गरेको हमलाको सरकार मुख दर्शक मात्र भएर बसेको कुरा जनता सामु लैजादै आफ्नो परम्परा रक्षाको लागि उक्त अभियान संचालन गर्न लागेको प्रचार बिभाग प्रमुख मोहोन श्रेष्ठले जानकारी दिनुभयो ।






































