तेस्रो डिभिजनको क्लबसँग पराजित हुन नदिन रियल मड्रिडका लागि दुवै गोल बोर्जा मायोरलले गरे । दुवै गोलका लागि दुई महिनापछि मैदान फर्किएका ग्यारेथ बेलले सहयोग गरे ।
बेल काल्फ इन्जुरीका कारण दुई महिनादेखि मैदान बाहिर थिए । उनी मंगलबार रातिको खेलबाट मैदान फर्किएका हुन् । चोटपछिको मैदान आगमनमा उनले राम्रो प्रदर्शन गरेका छन् ।
१९ पटकको कप विजेता रियल मड्रिडका लागि दोस्रो लेगमा ६२ र ७० औं मिनेटमा गरी मायोरलले गोल गरेका हुन् । त्यसअघि २५ औं मिनेटमा मिल्लाको गोलबाट फुएनलाब्रादाले अग्रता लिएको थियो ।
८९ औं मिनेटमा पार्टिल्लाले फुएनलाब्रादाका लागि बराबरी गोल गरे । लेगानेस, सेल्टा डि भिगो र लेभान्टे पनि समग्रमा जित निकाल्दै कोपा डेल रे को अन्तिम १६ मा पुगेका छन् । 

