रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले रूपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ।
कांग्रेसले तयारीअनुसार उम्मेदवार टुंग्याएका विवरण यसप्रकार छन् :
-
रूपन्देही–१ : हिराबहादुर केसी
२०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको मेयर निर्वाचित भएका केसी २०७९ सालको निर्वाचनमा एमालेका ध्रूव खरेलसँग मेयर पदमै पराजित भएका थिए। -
रूपन्देही–२ : चुन्नप्रसाद पौडेल
व्यवसायी पौडेल यशोदा फुड्स र बुटवल अस्पताल प्रालिका अध्यक्ष हुन्। कांग्रेसले सोमबार उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। -
रूपन्देही–३ : सुशील गुरूङ
कांग्रेस क्षेत्र–३ का सभापति रहेका गुरूङ भैरहवा मेडिकल कलेजमा प्रशासन शाखामा कार्यरत छन्। -
रूपन्देही–४ : प्रमोद यादव
सम्भावित उम्मेदवार हुन्। पक्का टुंगो भने कांग्रेसले अझै दिएको छैन। -
रूपन्देही–५ : भरतकुमार शाह
शाह गत निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।
यसरी कांग्रेसले रूपन्देहीमा चुनावी तयारी तीव्र बनाएको छ।







































