रोनाल्डोद्वारा बलात्कार आरोप झूटो भएको… :: एजेन्सी :: Setopati

352

क्रिश्चियानो रोनाल्डोले आफूमाथि लागेको बलात्कार आरोपको खण्डन गरेका छन्। उनले हालै प्रकाशित समाचारमा कुनै सत्यता नरहेको भन्दै सो समाचारलाई झुट भनेका छन्।

हाले एक ३४ वर्षिया अमेरिकी महिलाले रोनाल्डोले आफूलाई सन् २००९ मा बलात्कार गरेको आरो लगाएकी थिइन्।

इन्स्टाग्राम भिडियोमा रोनाल्डोले आफ्नो नाम प्रयोग गरेर आफूलाई प्रचारका लागि प्रयोग गरेको बताएका छन्। सो भिडियोमा उनले यस्तो हुनु सामान्य हो भनेका छन्।

यसैगरी रोनाल्डोका वकिलले सो भ्रामक र झुटो समाचार छाप्ने जर्मन पत्रिका ‘डेर स्पाइगेल’ विरूद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्।

सो पत्रिकाले रोनाल्डोले काथरिन मायोर्गा नामकी ती अमेरिकी महिलालाई लस भेगासको एक होटल कोठमा बलात्कार गरेको बताएको भन्दै समाचार प्रकाशित गरेको थियो।

पत्रिकाले घटनापछि ती महिलाले लस भेगास प्रहरीमा बलात्कारको उजुरी गरेको पनि उल्लेख गरेको थियो।

यसैगरी सो समाचारमा रोनाल्डोले मुद्दा नहाल्नका लागि उनलाई २ लाख ८८ हजार पाउण्ड क्षतिपूर्ति दिएको पनि जनाइएको छ।

तर ती महिलाको वकिलले अहिले आएर सार्वजनिक नहुने सम्बन्धी सम्झौता प्रभावहिन बनाउने तरिका खोजिरहेका बताइएको छ ।

रोनाल्डोका वकिल क्रिष्टियन शेर्ट्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताउँदै सो खबरले रोनाल्डोको नैतिकतामाथि गरेको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको बताएका छन्।

रोनाल्डोका वकिलले यसलाई व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको  दाबी गरेकाछन् ।

 रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् ।

रोनाल्डो यसै वर्ष ९९.२ मिलियन पाउण्डमा युभेन्ट्रस आएका छन्।

 

Source link