रोनाल्डोले आठौँ ह्याट्रिक पूरा गर्दा युभेन्ट्सको जित 

117

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा आठौँ ह्याट्रिक पूरा गर्दा युभेन्ट्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
युभेन्ट्सको जितमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । पहिलो लेगमा २–० गोलले पछि परेको युभेन्ट्सले दोस्रो लेगमा ३–० को जित निकाल्न सफल भयो ।
युभेन्टसले समग्रमा ३–२ गोलको जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको हो । युभेन्ट्सका लागि रोनाल्डोले खेलको २७ औँ मिनेटमा सुरुवाति अग्रता दिलाए । पहिलो हाफ बराबरी सकिएको खेलको ४९ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले टिमको अग्रता दोब्बर पारे ।
निकैनै रोमाञ्चक देखिएको खेलको ८६ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो आठौँ ह्याट्रिक पूरा गरे ।