
काठमाडौं। लगातार चार कारोबार दिनदेखि घटिरहेको शेयर बजारमा पाँचौँ कारोबार दिन झिनो अंकको सुधार देखिएको छ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक २.६९ अंकले बढेर १२४१.३६ अंकमा उक्लिएको छ भने क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले बढेर २६३.४५ अंकमा पुगेको छ।गत चार कारोबार दिनमा सूचक ४२ अंकले घटेको थियो ।
मंगलबार कारोबार सुरु भएको पौने एक घण्टामै बजार सात अंक सुधारिएको थियो। तर वृद्धि टिकाउ नहुँदा दिनभरिनै सूचक १२४०/४२ अंककै सेरोफेरोमा घुम्यो र अन्तमा सामान्य अंकको वृद्धि सँगै कारोबार बन्द भयो।
कारोबारमा आएका उपसूचक मिश्रित देखिएका छन्। ११ समुहको कारोबारमा ६ समूह बढेका छन् भने पाँच समूहको कारोबार घटेको छ।
सबैभन्दा बढी अन्य समूह १.६ प्रतिशतले बृद्धि भएको छ भने उत्पादनमूलक समूह ०.२४ प्रतिशतले घटेको छ।
मंगलबार १७१ कम्पनीका १५ लाख ९३ हजार कित्ता शेयर ४५ करोड १९ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी ग्लोबल आइएमइ बैंकको तीन करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार नाडेप लघुबित्तका शेयरधनीले करिब १० प्रतिशशत कमाए भने भार्गभ विकास बैकका शेयर धनीले १० प्रतिशत गुमाए।
लगातार घटेको शेयर बजारमा मंगलबार झिनो अंकको सुधार, कारोबारमा ग्लोबल आइएमइ बैंकले उछिन्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































