लामाे समय इयरफोन प्रयोग गर्नु हानिकारक

247

काठमाडौं : मोबाइलको प्रयोग बढे सँगै धेरैले इयरफोनको गर्नेहरू धेरै देखिन्छन्।

मानसिक तनाव कम गर्न होस् वा मनोरञ्जनको लागि होस् लामो समयसम्म इयरफोन लगाएर गीत सुन्ने तथा लामो समयसम्म इयरफोनको माध्यमबाट फोनमा कुरा गर्नेहरू धेरै छन्। तर लामो समय सम्म इयरफोनको माध्यमबाट फोनमा कुरा गर्ने तथा गीत सुन्ने गर्दा सुन्ने क्षमतामा कमि हुनुका साथै कानसम्बन्धी विभिन्न खालका समस्या देखिनुका साथै दीर्घकालीन रुपमा रिंगटा लाग्ने टाउको दुख्ने जस्ता समस्याहरू देखा गर्ने विभिन्न अध्ययनले देखाएको छ।

कानमा संक्रमण इयरफोनलाई कानको भित्री भागमा नै राखेर सुन्ने गरिन्छ। जसले गर्दा कानमा विभिन्न खालका संक्रमण हुने सम्भावना हुन्छ। विशेषत एउटै इयर फोन धेरैले प्रयोग गर्दा इयरफोनको माध्यमबाट एक जनाको कानमा भएको संक्रमण अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ।

सुन्ने क्षमतामा कमि

धेरै समयसम्म कानमा इयरफोन लगाएर फोनमा कुरा गर्ने वा गीत सुन्ने वानी छ भने पछि गएर काम कम सुन्ने क्षमतामा कमि हुँदै आउने विज्ञकाे भनाइ छ। यस्तै धेरै इयर पोन प्रयोग गर्नेहरूलाई कान कराए जस्तो हुने वा कान दुख्ने समस्या समेत हुने गर्छ।

मस्तिष्कमा असर

धेरै इयरफोन प्रयोग गर्नेको काममा मात्रै हैन मस्तिष्कमा समेत असर गर्छ। चुम्बकबाट निस्कने विद्युतीय चुम्बकीय तरङगले मस्तिष्कमा गम्भीर असर गर्छ। जसले गर्दापछि गएर मस्तिष्कघात हुने तथा ब्रेन ट्युमरसमेत हुने सम्भावना धेरै हुन्छ।

कानमा असर

धेरैले सुत्ने बेला ओछ्यानमा समेत इयरफोन लगाएर गीत सुन्ने वानी हुन्छ। तर यो कानको मात्रै होइन। मस्तिष्कको स्वास्थ्यको दृष्टिकोणले एकदमै घातक हुन्छ।एयरफोन लगाएर गीत सुन्दै सुत्दा मस्तिष्क राम्ररी सुत्न सक्दैन। जसले गर्दा मस्तिष्कको केही भाग सक्रिय नै रहन्छ। जसले गर्दा मुटुको चाल तीव्र हुने गर्छ। जुन स्वास्थ्यको लागि निकै घातक कुरा हो। एयरफोनबाट उच्च आवाजमा गीतसंगीत सुन्दा कानको जालीमा दवाव पर्ने गर्छ। जसले गर्दा कानको जाली फुट्ने सम्भावना हुन्छ। कानसम्बन्धी समस्या हुने गर्छ। साथै, कानेगुजी समेत सामान्य भन्दा धेरै बन्ने गर्छ।

एयरफोन कसरी प्रयोग गर्ने?

एयरफोन प्रयोग गर्दा सकेसम्म ६०/६० को नियम अनुसार प्रयोग गर्दा राम्रो हुन्छ। भन्नाले एक पटक इयरपोन प्रयाेग गरेपछि एक घन्टासम्म नगरेको राम्रो हुन्छ।राम्रोसँग सुन्नका लागि कानका संवेदनशील कोषिकालाई श्रवणसम्बन्धी थकाइलाई रिकभर गर्नुपर्ने हुन्छ। त्यसैले एयरफोनमा सुन्दा ब्रेक लिन आवश्यक हुन्छ। टाउँकोमाथि राखिने हेडफोनको प्रयोग गर्नु राम्रो हुन्छ। जसले गर्दा कानमा आवाजको कम मात्र दबाब पर्छ।

कहिल्यै पनि एयरफोनलाई साझा रूपमा प्रयोग गर्नुहुँदैन। किनकि साझा प्रयोग गर्दा इन्फेक्सन सर्ने डर हुन्छ।

Source link