लिंगोको टुप्पोसम्म पुगेर सेल्फी हानेर पुरुषार्थ देखाएका युवाहरुले पुरस्कारस्वरुप स्थानीय जात्रालुको कुटाइ भेटे । स्थानीयले उनीहरुलाई लिंगोको टाउको बनाइको हरियो हरिबेलका हाँगाबिंगा नभाँच्न भनिरहेका थिए । लिंगो ठड्याइएकै दिन उक्त हरिबेलका हाँगाबिंगा प्रसाद नहुने भन्दै स्थानीयले उनीहरुलाई हांगाबिंगा नभाँच्न आग्रह गरेका थिए ।