वागीश्वरीमा विव्यसको लागि अभिभावक छनोट

419

भक्तपुर– भक्तपुर नगरपालिकाको शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न भाद्र २५ गते अभिभावक भेला गरी आफ्ना प्रतिनिधि छनोट गरेको छ । भेलामा भनपा वडा नं. ९ का वडाध्यक्ष एवं वि.व्य.स. अध्यक्ष रवीन्द्र ज्याख्वले समुदायको अगुवाइमा खुलेको वागीश्वरी स्कुल ती अग्रजहरुको भावनाअनुसारै प्रगति गरी अघि बढिरहेको चर्चा गर्दै अहिले वागीश्वरी स्कुलमा ३५ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहनु भनेको समुदायको भावना जित्नुको प्रमाण हो भन्नुभयो । यसको निम्ति शिक्षक विद्यार्थी र अभिभावकलाई उचित व्यवस्थापन गर्नुपनि कम्तीको चुनौतीपूर्ण छैन भन्नुहु“दै उहा“ले विद्यालयलाई अझ बढी अपनत्व बनाउन नया“ ऐन बनेको चर्चा गर्दै सोही अनुसार १ महिलासहित २ अभिभावक छान्न भेला डाकिएको जानकारी दिनुभयो ।
भेलामा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति, स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, प्राचार्य कृष्णप्रसाद धन्छा र सहप्राचार्य ज्ञानसागर प्रजापतिले पनि व्यवस्थापन समितिका महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
भेलाले अभिभावकद्वय ओमप्रसाद धौभडेल र रेणु बासीलाई सर्वसम्मतले छनोट गरेको छ ।