भक्तपुर । पुरानो बर्षलाई विदाइ गर्दै नयाँ वर्षलाई स्वागत स्वरुप मनाईने विस्काको लिङ्गा आज विधिवत रुपमा ढालिएको छ ।
विस्का जात्राको चौंथो दिन अर्थात वर्षको अन्तिम दिन उठाइएको लिङ्गा नयाँ वर्षको दिन ढालिएको हो । विस्काको लिङ्गा साँझ साँढे पाँच बजे तान्त्रिक पुजा आज सहित ढालिएको हो ।
लिङ्गो ठड्याउनुअघि लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिदै पनि आएको छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्काको प्रमुख आकर्षण पक्ष हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । उक्त जात्र समाप्त भएपछि राती दुमाजु देवीको जात्रा गरिने प्रचलन समेत रहेको छ ।
आकार भैरवका रुपमा मानिने लिङ्गाले पृथ्वीलाई संभोगको प्रतिकका रुपमा लिईने उक्त जात्रामा लिङ्गा जतो ढल्कियो उतै समृद्द हुने प्रचलन समेत रहेको संस्कृति विद तेजेश्वर बाबु ग्वङग बताउछन् ।
यस्तै उक्त जात्रालाई मसान जात्राका रुपमा पनि लिईने गरेको संस्कृति विद प्रा डा पुरुषोत्तम लोचन श्रृष्ठ बताउँछन् । उनका अनुसार लिङ्गा जात्रा भक्तपुरको मसान नजिक नै मनाइने जात्रा हो मसानमा नै मनाईने जात्रा जसमा मसानमा आउने भुत प्रेतलाई हामी तिमी भन्दा शक्तीशाली छौ भने भगाउन नै यो प्रक्रिया गरिदै आएको मान्यता अझ सम्म कायम भएको उनी बताउँछन् ।







































