विहानै उपत्यकामा भुकम्पकाे धक्का

325

भक्तपुर । शनिवार विहान उपत्यकामा भुकम्पकाे धक्का महसुस भएकाे छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्रले बिहान १० बजेर २५ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्युडको भुकम्प गएको पुष्टि गरेको छ ।

भुकम्पको केन्द्रबिन्दु रसुवा आसपास रहेको भुकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्प गएसँगै उपत्यकामा भने त्रास महसुस भएकाे थियाे ।

गएकाे भुकम्प पराकम्प हाेकी नयाँ भन्ने विषयमा मापन केन्द्रले जनाएकाे छैन ।