कुनै पनि कुरा लामो समय स्मरणमा रहिरहनको लागी उक्त कुरालाई उद्देश्य पूर्बक पूर्ण शक्तिले स्मरण गर्नु पर्ने हुन्छ, तर सपनामा उदेश्य जिरो हुने भएकोले सपनाको कुरा याद हुन सक्दैन। त्यस्तै कुनै पनि कुरा स्मरणमा दिगोगरी रहनको लागी दृश्य प्रस्ट हुनु पर्छ, गन्ध एकदम मन पर्ने वा एकदम मन नपर्ने हुनु पर्छ, उक्त कुराले सम्बेगमा गहिरो प्रभाब पारेको हुनु पर्दछ, र उक्त कुरा दोहोर्याउन मिल्ने हुनु पर्दछ। तर सपनाका कुराहरुमा यस्तो कुनै सम्भावना हुँदैन, त्यसैले तुरुन्तै बिर्सिन्छ।
त्यसैले यदि सपनामा कुनै एकदम सुझपूर्ण कुरा देखियो भने अथवा संसारका सबै हिसाब नै समाधान गर्न मिल्ने जस्तो तर एकदम सजिलो, तु याद हुनेजस्तो सूत्र देखियो भने पनि सबै कन्ठै छ किन लेख्न पर्यो भनेर टिप्न छाड्नु हुँदैन। पूर्ण याद भए पनि टिप्नु पर्छ नत्र पुन सुत्ने बित्तिकै सबै बिर्सिन्छ।
कसरी याद गर्न सकिन्छ त सपनालाई ?
Lucid Dreaming अनुसार अभ्यासको माध्यामले चाहेजस्तो सपना देख्न पनि र सपना सम्झिने बानी पार्न पनि सकिन्छ। नियतबस नै यस्तो सपना देख्न चाहन्छु, देख्छु–देख्छु भन्दै सुत्ने गर्यो भने बिस्तारै त्यस्तै सपना देख्ने बानी पर्न सक्छ। यस्तो बानी पार्न सकेमा एकातर्फ व्यक्तिमा आत्मविश्वास बढ्दै जान्छ भने नराम्रो सपना देख्ने प्रवृति घट्दै गएर सकारात्मक भावना पैदा हुन्छ। यो तरीका अपनाउँदा शारीरिक दुर्बलताले गर्दा वास्तविक जीवनमा अनुभब गर्न असम्भब भएका कुराहरु पनि अनुभब गर्न सम्भब हुन्छ।
यहाँ सम्म कि लुसिड ड्रिमिंगमा अभ्यस्त व्यक्ति सांच्चैको हृदयघातबाट पनि बिउंझने धेरै सम्भावना हुने कुरा बैज्ञानिक हरुले बिश्वास गरेका छन्। REM को अवस्था बढीमा ९० मिनेटको हुने हुनाले सुतेको करिब २ घण्टाभित्र बज्नेगरी अलार्म लगाई सुतेमा, धेरै पानी खाएर सुतेमा, सपना देखें भनी थाहा पाएर बिस्तारै उठेमा सपना याद गर्न सकिन्छ। REM बाहेकको कुनै अवस्थामा बिउँझे पनि सपना याद हुन सक्दैन।







































