समाजका बिकृती हामी बर्डाछौं बज्राशक्ति एकता समाज

743

भक्तपुर ।
समाजमा ब्याप्त बिकृती विसंगतीलाई चिर्ने भन्दै बज्राशक्ति समाज आएको छ । भक्तपुरमा शनिवार एक कार्यक्रमका विच सामाजिक क्रियाकलापलाई बढावा दिन तथा भावी पूस्तालाई मार्ग निर्देशन गर्ने उद्देश्यका साथ बज्रशक्ति एकता समाज नामक समामजिक संस्था उदघाटन गरिएको छ ।
तेमाल गाउँपालिका वडा नम्वर ९ मेन्छे काभ्रेमा संस्थाको जन्मथलो बनाउँदै असार २३ गते भक्तपुरमा बिबिध साँस्कृतिक कार्यक्रम गर्दै उक्त संस्थाको उद्घाटन गरिएको हो ।
कार्यक्रममा पूर्व राज्य मन्त्री सुर्यमान दोङले हाल समाजलाई हामीले पुर्व पुरातनवादी सोचबाट बाहिर ल्याएपनि समाजमा भएका केहि मानिसको सोचमा भने परिर्वतन गराउन यस संस्थाले पुलको भूमिका निर्वाह गर्ने वताउनुभयो । उहाँले यदि यो समुदाय तामाङहरुको लागि मात्र हो भने साँस्कृतिक , भाषिक तथा सामाजिक रुपान्तरको पनि जरुरत रहेको जनाउँदै ,यि सब रुपान्तरणका लागि बज्राशक्तिले भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापती एवं संस्थाका अध्यक्ष बिरवहादुर घिसिङले जुन उदेश्यका साथ संस्थाको प्रादुभाव भएको हो त्यसैको लागि आफु जहिले पनि लागी रहने बताउनुभयो । यस संस्थाको मुख्य लक्ष्य भनेको नै समाजमा रुपान्तरणको पक्षमा लड्नु हो जसको लागि आफु हरपल हरदम लागि पर्ने उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा समाजमा योगदान दिदै आउनुभएका अगुवाहरुको सम्मान समेत गरिएको थियो ।
यसका साथ साथै तामाङ कलाकारहरुको बेजोड प्रस्तुतिका साथ केडिसि डान्स एण्ड कल्चर ग्रुपको विभिन्न प्रस्तुती रहेको थियो ।