काठमाडौँ । सरकार गठनको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता जुट्नुभएको छ । पार्टी उपसभापति स्वर्णीम वाग्लेका अनुसार सरकार गठनका विषयमा छलफल गर्न शीर्ष नेता छलफलमा जुट्नुभएको हो ।
छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र स्वर्णीय वाग्ले सहभागी हुनुहुन्छ । छलफल भइराखेको जानकारी दिनुभएका उपसभापति वाग्लेले छलफल भइरहेको स्थान भने खुलाउनु भएको छैन ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘..राजकाज, आज साँझको छलफल ।’
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले एकल बहुमत ल्याएको छ । दुई तिहाइ बहुमतका लागि दुई सिट नपुगेको रास्वपाले एकल सरकार बनाउँदै छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरेर १८२ सिट पाएको हो ।








































