सल्लाको खोटो संकलन गर्न नपाईने

403

सोलुखुम्बु  / सोलुखुम्बु जिल्लाका अधिकांस सामुदायिक वनमा अनुमति विना खोटो संकलन हुने भएकाले सामुदायिक वनहरुमा खोटो संकलन गर्न रोक लगाईएको छ । जिल्लाका वनहरुमा ठिंगुरे, गोबे्र, खोटे जातका साल्लो पाईने भएकाले विना अनुमति खोटो संकलन हुने कारण अधिकांस सामुदायिक वनहरुमा खोटो संकलन गर्न रोक लगाईएको हो । खोटो संकलन गर्दा रुख सुक्ने मर्ने भई वन विनास हुने भएकाले सामुदायिक वनहरुमा खोटो संकलन गर्न रोक लगाईएको वाकुबाट संवाददाता धन कुमार ढुंगेलले बताउनुभयो ।

विगतका वर्षमा २ देखी ३ टिनसम्म खोटो संकलन हुने गरेको उहाको भनाई । विना अनुमति खोटो संकलन गरी कतिले घरायसी प्रयोजनमा प्रयोग गर्ने गरेका छन् भने कतिले आमदानीको श्रोत बनाउने गरेका छन् । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार ३१ हजार ३ सय ७६ वर्गकिलोमिटर क्षेत्रफल मध्ये अधिकांस भुभावमा सल्लोको बिरुवा रोपिएको छ । जिल्ला सामुदायिक वनमा पनि अहिले खोटो संकलन गर्न छाडिएको छ ।

खोटो संकलन वन विनासको कारण भएकाले खोटो संकलनका लागि समेत प्राविधिक खटाईएको छ । सामुदायिक वनका अध्यक्ष पेम्वा सेर्पाका अनुसार गुणस्तरीय खोटो पहिचानका लागि प्राविधिक सर्भे गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार जिल्लाको पञ्चन र नेलेमा खोटे सल्ला भएकाले संभावना देखिएको छ । यद्यपी खोटो संकलन गर्नका लागि भने वन कार्यालयबाट कुनै योजना नरहेको र आकर्षण पनि खासै नदेखिएको साहायक वन अधिकृत केवी थापाले बताउनुभयो । हाल सोलुखुम्बु जिल्लामा १ सय ८२ सामुदायिक रहेका छन् ।

Purbeli TV

Source link