काठमाडौं ।
पछिल्लो समयमा साइबर अपराध बढ्दै गएकोले सामाजिक सञ्जालमा जे पायो त्यही नलेख्न, अश्लिल तस्वीर नराख्न, कसैलाई गाली नगर्न प्रहरीले विद्यार्थीलाई सुझाएका छन ।
सामुदायीक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कटुन्जे भक्तपुरले बिहीबार राजर्षि गुरुकूल सल्लाघारीका विद्यार्थीलाई सहभागी गराउँदै त्यस्तो सुझाव दिएको हो ।
आफुलाई मन नपरेको व्यक्ति तथा राजनैतिक दलका नेतालाई अश्लिल गाली गर्ने, अरुले राखेको तस्वीरमा नबुझि लाइक र शेयर गर्ने बानीले पनि जेल नै पुर्याउन सक्ने भएकोले विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा निकै होसियारी अपनाउनुपर्ने कुरामा प्रहरी अधिकृतले विद्यार्थीलाई सुझाव दिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले साइबर अपराध गर्नेमा युवापुस्ताको वाहुल्यता रहेको चर्चा गर्दै यसबारे समयमै सचेत हुन आग्रह गरे ।
त्यस अवसरमा नेपाल प्रहरीको पछिल्लो अभियान ‘टोलटोलमा प्रहरी’ सफल पार्न आवश्यक सहयोगको लागि पनि स्थानीय अभिभावकसंग आग्रह गरिएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त जागतीका प्रमुख प्रहरी नायव उपरिक्षक दपिक श्रेष्ठ, राजर्षि गुरुकूलका प्रिन्सिपल प्रिलियन लु श्रेष्ठ, विद्यालयका निमित्त अध्यक्ष अनिल शर्मालगायतले बोलेका थिए ।







































