साना हतियारको जगजगी : यी हुन् दुई साताभित्र उपत्यकामा भएका चार घटना

306

काठमाडौँ, –
२३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ
२३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या
३ कात्तिक : एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ
५ कात्तिक : एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ
gun
दुई साता अवधिमा उपत्यकामा भएका चार घटना नियाल्दा साना हातहतियारको उपलब्धता काठमाडौंमा कति सहज छ र त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने तस्बिर झल्किन्छ । प्रहरी स्रोतका अनुसार यी सार्वजनिक भएका केही घटना मात्रै हुन् । सार्वजनिक हुन नसकेका धम्की, फिरौती असुली, डकैती र अपहरणका थुप्रै घटनामा साना हतियार प्रयोग भइरहेका छन्, कान्तिपुरमा खबर छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आर्थिक वर्ष २०७४/७५ का तीन महिनामा मात्रै ९ हतियार बरामद भएका छन् भने ३० जना मानिस पक्राउ परेका छन् । परिसरका अनुसार बरामद अधिकांश हतियारमा पेस्तोल र रिभल्वर छन् । फिरौती असुलीदेखि स–साना घटनामा साना हतियार प्रयोगबाट काठमाडौंमा यसको उपलब्धता सहज बन्दै गरेको खुलाउँछ ।