Home शिक्षा सामुदायिक विद्यालय सुधार नभएसम्म देश उभो लाग्दैन : वाइसियल नेपाल
प्रकाशित मिति November 17, 2018
भक्तपुर । सामुदायिक विद्यालय सुधार नभएसम्म देश उभो नलाग्ने वाईसियलका केन्द्रिय सदस्य कुमार लामाले बताउनुभएको छ ।
काभ्रेको नवोवुद्द नगरपालिका वडा नम्वर ४ स्थित संसारी देवी आधारभुत विद्यालयको एक कार्यक्रममा उहाँले सामुदायिक विद्यालय सुधार नभएसम्म देश विकास नहुने बताउनुभएको हो ।
वाईसियल नेपाल प्रदेन नम्वर ३ श्रम तथा वैदेशिक रोजगार विभाग प्रमुख सम्म रहनुभएका लामाले शिक्षा राज्यसत्ताको हतियार भएको बताउँदै सामुदायिक विद्यालय लाई सुधार गर्दै राम्रो र गुणस्तरीय बनाउन सकिन्न तवसम्म शिक्षामा गरिवको पहुँच नपुग्ने बताउनुभयो ।
उहाँले आजको दिनमा नीजि विद्यालयले एक कक्षा भन्दा पनि तल लाखौं रुपैयाँ मासिक शुल्कमा विद्यार्थी पढाएको समाचार पढि रहँदा वर्षको दुई हजार तिर्न नसकेर विद्यालय वाहिर गरिवका छोराछोरीको रहन वाध्य छन् । यसको अन्त्यका लागि अव नीजि विद्यालय भन्दा पनि सामुदायिक विद्यालयको सुधार एवं स्तर उन्नतीको बाटोमा हामी गएनौं भने गरिवका छोराछोरी शिक्षाको उज्यालोबाट जहिले विहिन हुने बताउनभएको थियो ।
सामुदायिक विद्यालयको उन्नती भनेको नै गरिवका छोराछोरीको उन्नती भएका कारण सवैले हाते मालो गर्दै सामुदायिक विद्यालयको स्तर उन्नती एवं सुधारमा लाग्न लामाले आग्रह गर्नुभयो ।
कार्यक्रममा लामाले विद्यार्थीहरुका लागि आवश्यक सामग्री तीन सय थान कापी , तीन सय थान नै कलम,कटर,पेन्सिल एवं खेलकुदको सामग्री विद्यालयलाई दिनु भएको विद्यालयका प्रिन्सिपल गोविन्द चिमोरियाले जानकारी दिनुभयो ।
Related