काठमाडौँ । भक्तपुरको बोडेमा सम्पन्न ९ औंं महाधिवेशनबाट नेपाल वित्तिय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लिमिटेडको केन्द्रीय अध्यक्षमा आगामी ४ वर्षको लागि सुजित विक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । यो संघ ट्रेड युनियन कांग्रेसको ठुला प्रतिष्ठानहरुमध्ये पर्छ ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा राम बहादुर रावल, उपाध्यक्षहरुमा दिल बहादुर श्रेष्ठ, नगेन्द्र बहादुर शाह,मधुसूदन खकुराल, महिला उपाध्यक्ष कल्पना केसी,मधेसी उपाध्यक्ष बलिराम पुर्वे,महासचिवमा राजु भट्टराई,सचिवहरुमा वसन्त थापा, प्रेम प्रसाद उप्रेती,पुण्य प्रसाद दाहाल,सिद्ध मगिया,महिला सचिवमा जेनु बस्नेत,मधेसी सचिवा आशिष कुमार कर्ण, ननटेवल वर्कर्सबाट पितानाथ बुढाथोकी, कोषाध्यक्षमा राजेन्द्र पराजुली, सहकोषाध्यक्षमा दिपक थापा, खुल्ला र आरक्षण गरि २७ सदस्यहरु समेत निर्विरोध भएका छन् ।
नवनिर्वाचित अध्यक्ष शाहले शिवराज तिमिल्सिना र कमल ओझालाई सो संघको सल्लाहकार पदमा मनोनित गरेका छन् ।
विगतका महाधिवेशनहरुमा निर्वाचन हुने गरेतापनि यसपटकको महाधिवेशन भने निर्विरोध गराएको वित्तिय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले बताए ।








































