सूर्यविनायक र चाँगुनारायणमा आगलागी लाखौंको क्षति

441

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ५ सुसिला भैरबस्थित रमेशनाथ ढुङ्गेलको ३ तले कच्ची घरमा आगलागी भएको छ । यस्तै चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाकोट फोक्सिनटार स्थित चन्द्रिका बुढाथोकीको २ तल्ले घरमा आगलागी भएको छ । दवै घरमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको छ ।
ढुङ्गेलको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी हुँदा आगोलागीबाट नगद, गरगहना, कम्प्युटर, टिभी, मोबाईल, घरायसी फर्निचर, फ्रिज, लत्ताकपडा तथा भाँडावर्तन लगायतका सामान अन्दाजी रु २१ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बुढाथोकीको घरमा भएको आगलागीबाट फर्निचर, लत्ताकपडा, टिभी लगायतका सामान जली अन्दाजी रु १ लाख ७ हजार बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग दुवाकोटले जनाएको छ ।