भक्तपुर । भक्तपुरका चाँगुनारायण नगरपालिका २ नम्बर वडाका एक सेवाग्राहीलाई वडा अध्यक्ष शिवहरि केसीले आफूलाई लात्ती प्रहारको घटना सेलाउन नपाउँदै पिडिको परिवार माथी वडा अध्यक्षको परिवारले आक्रमण गरेका छन् ।
आफ्नो घर जाने बाटो पनि फराकिलो गरी पाउँ भनी निवेदन लिएर गएका स्थानीय मिलन कार्कीले आफूमाथि वडा अध्यक्ष केसीले लात्ती प्रहार गरेका हुन् ।
कार्कीले वडा अध्यक्षको गोठसहितको जग्गा भएर आफ्नो टोल जाने बाटो फराकिलो गर्न माग गर्दै निवेदन दिन जाँदा निवेदनसमेत दर्ता नगरी उल्टै लात्ती प्रहार गरेका थिए ।
लात्ती हानेको कुरा बाहिर ल्याएको भन्दै पिडित कार्कीको परिवार माथी वडा अध्यक्ष केसीका दाजु नरहरी केसी लगाएत परिवार जनले महिलाहरु माथी नै आक्रमण गरेका काकी परिवारले जनाएका छन ।

केसी परिवारले आफुहरुमाथी आक्रमण गरेपछि कार्की परिवार शान्ति सुरक्षा माग गर्दै महानगरिय प्रहरी प्रभाग दुवाकोटमा पुगेका छन् ।
वडा अध्यक्षका दाजुले नै आफ्नी बहिनी काकी लगाएतका महिला सदस्यहरुमाथी नै आक्रमण गरेपछि आफुहरु बाध्य भएर पुलिसकोमा जान बाध्य भएको मिलन बताउँछन् । बहिनी काकी लगाएतका महिलामाथी पुरुष ले नै आक्रमण गर्ने काम भएको प्रति आपत्ती जनाउँदै उनीहरुले निवेदन दर्ता गरेका हुन ।
सम्वन्धीत समाचार






































