ह्याङ्ला दोलखा काठमाण्डौं तामाङ समाजले वृहत साँस्कृतिक कार्यक्रम गर्ने

379

भक्तपुर । मञ्जुश्री संम्वत २८५५ औं फाग ड्वा ल्हो सोनम ल्होछारका अवसरमा ह्याङ्ला दोलखा काठमाण्डौं तामाङ समाजले वृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
यहि माघ १९ गते सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि : भुमिसुधार, कृषि तथा सहकारी बिकास मन्त्री माननीय दावा दोर्जी लामाको उपस्थितिमा फाग ल्हो सोनम ल्होछारको शुभकामना आदन प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको समाजका अध्ययक्ष सराेज माेहन माेक्तान ले जानकारी दिनुभयाे । 

अाफ्नो धर्म संस्कृतिको रक्षा गरौं भाषा परम्परा अनी रितिरिवाजको जर्गेना गर्रौ भन्दै ह्याङ्ला दोलखा काठमाण्डौं तामाङ समाजले आपसी भाईचाराको लागि शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा समाजमा योगदान दिनुहुने विभिन्न पेशा ब्यवसायमा लाग्नुहुने महानुभावहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
कार्यक्रममा दर्जन भन्दा बढि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति राख्दै कार्यक्रमको रौनक बढाउने छन् ।