६ जना सेवानिबृत शिक्षण सम्मानित

417

भक्तपुर । अवकास प्राप्त भक्तपुरका ६ जना सेवानिबृत शिक्षकहरु सम्मानित भएका छन् । हामी अझै सवल छौं भन्ने नाराका साथ स्थापित सेवानिबृत शिक्षक समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने सेवानिवृत वरिष्ठ शिक्षकहरुमा ज्ञानलाल भोमी, विजयाप्रसाद थिके, विष्णु सुवाल, देवन्द्रबहादुर जोशी, समन्तराज शाक्य र गोपाल बासुकलालाई दोस्सला ओढाई सम्मानित गरिएको हो ।
कार्यक्रममा सेवानिबृत शिक्षकहरुको जीवनी, अनुभब समेटिएका शैक्षिक अनुभब नामक पुस्तकको पनि विमोचन गरिएको थियो । हामी सवल छौ भन्ने नाराका साथ प्रकाशित पुस्तकमा सेवानिवृत शिक्षकको परिचय पनि समोवश छन् ।
कार्यक्रममा नगरप्रमुख प्रजापतिले सेवानिवृत समयलाई बोझ नबनाई उर्जावान गराउनुपर्नेमा जोड दिए । सेवानिवृत शिक्षकहरुले जीवनभर प्राप्त गरेका ज्ञानलाई समाजका लागि उपयोग गर्नुपर्नेमा उनले जोड दिए । सम्मानित शिक्षकहरुकोतर्फबाट सेवानिबृत शिक्षक बिजयाप्रसाद थिकेले आफूहरुले जीवनभर पाएको शिक्षालाई समाजको लागि उपयोग गर्न तयार रहेको जानकारी गराइन् । कार्यक्रममा समाजका अध्यक्ष अम्विकामान मानन्धर, कोषाध्यक्ष विश्वराम कवां, सदस्य चन्द्रकान्ता प्रजापतिलगायतले आफूहरु अझै सवल रहेको जनाएका थिए ।
समाजले गरेको यो तेश्रौ सम्मान र पुस्तक विमोचन हो । सेवानिबृत शिक्षकहरुलाई गोलवन्द गरी समाजले प्रत्येक ६ छ महिनामा यस्ता कार्यक्रम गर्दै आएका छन् । अहिलेसम्म समाजले २८ जना सेवानिबृत शिक्षकलाई सम्मान गरिसकेको जनाएको छ । यो वर्ष मात्रै समाजमा नयाँं ३१ जना नयाँं सेवा निवृत शिक्षकले समाजको सदस्यता लिएको कार्यक्रममा जनाइयो ।