
काठमाडौं। सिंगापुर एयरलाइन्सले अक्टोबरदेखि हवाईजहाजमार्फत अहिलेसम्मकै लामो व्यावसायिक उडान गर्ने भएको छ।
एयरबस ३५०-९०० अल्ट्रा लङ रेन्ज एयरक्राफ्टमार्फत अक्टोबर ११ तारिखदेखि १८ घण्टम ४५ मिनेट सिंगापुर-न्यूयोर्कसम्मको व्यावसायिक उडान भर्ने एयरबसले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
कम्पनीका अनुसार यति लामो दुरीको व्यावसायिक उडान विश्वमै पहिलो पटक हुन लागेको हो।
कम्पनीका अनुसार यसअघि कतार एयरवेजले दोहा-कतार र अकल्याण्ड-न्यूजियल्याण्डसम्म कायम गर्दै आएको लामो हवाई दूरीको रेकर्ड तोड्नेछ।
‘अहिलेको योजनाले एयरबस र सिंगापुरबीच कोसेढुंगा सावित गर्नेछ। हामी एयरबस र सिंगापुर एयरलाइन्सको सहकार्यमा हवाईसेवामा ‘ननस्टप च्याप्टर सुरु गर्न लागेका छौँ।’ एयरबसका प्रमुख कार्यकारी अधिकृत टम एन्डर्सले भने।
उनका अनुसार सिङ्गापुर एयरलाइन्सले लस एन्जल्स र सानफ्रान्सिस्को लगायत थप दुईवटा रुटमा उडान भर्नेछ।
सिङ्गापुर एयरलाइन्सले प्रयोग गर्न लागेको एयरबस ३५०-९०० अल्ट्रा लङ रेन्ज एयरबस ३५०-९०० एयरक्राफ्टमार्फत विकास गरिएको कम्पनीले बताएको छ।
एयरबस ३५०-९०० अल्ट्रा लङ रेन्ज एयरबसको हवाई इन्धन क्षमता २४ हजार लिटरबाट विस्तार गरी एक लाख ६५ हजार लिटर क्षमता समावेश गरिएको कम्पनीले बताएको छ।
अक्टोबरदेखि १८ घण्टाको व्यावसायिक उडान गर्दै सिंगापुर एयरलाइन्स, अहिलेसम्मकै लामो उडानको दाबी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































