अछाममा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

370

अछामः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूह र प्रहरीबीच अछामको रामारोशन गाउँपालिकाको बाटुलसैनमा दोहोरो गोली चलेको छ ।

सूचनाको आधारमा विप्लव कार्यकर्तालाई पक्राउ गर्न जाने बेला जम्काभेट भएपछि मंगलबार दिउँसो १२ बजे दोहोरो गोली चलेको हो ।

अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार प्रहरी टोलीलाई देखेपछि विप्लव कार्यकर्ताले फायर खोले त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो ।

अहिले दोहोरो भिडन्त भएको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।