Home साहित्य अब नयाँ पुष्तालाई साहित्य र संस्कृतिको बागडोर दिनुपर्छ : शताव्दी पुरुष
भक्तपुर : भक्तपुर साहित्यसमाजको २०औं स्थापना दिवस वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले नयाँ पुष्तालाई साहित्य र संस्कृतिमा प्रेरणा दिनुपर्ने समय आएको बताएका छन् ।
शनिवार भक्तपुर साहित्यक समाजको स्थापना दिवसमा अभिनन्दन ग्रहण गर्दै अब नयाँ पुष्तालाई साहित्य र संस्कृतिको बागडोर सम्हाल्न अवशर दिनु पर्ने बताएका हुन् ।
शनिवार भक्तपुर साहित्यिक समाजको २० औं स्थापना दिवसमा अभिनन्द ग्रहण गर्नु हुँदै जोशीले अबका पुष्तालाई प्रेरणाको खाँचो रहेको बताए ।
अभिनन्दन ग्रहणपछी जोशीले अब नयाँ पुष्तालाई साहित्य र संस्कृतिको बागडोर सम्हाल्न अवशर दिनु पर्ने बताए । कार्यक्रममा जोशीले प्रोत्साहन र प्रेरणाले मुलुमा बालकृष्ण सम, भवाणी भिक्षु, सुर्यविक्रम ज्ञवाली र राष्ट्रकवि माधव प्रसाद घीमिरे जस्ता स्रष्टाहरुको उदय भएको र आगामी दिनमा यस्तो प्रेरणाले कालान्तरमा साहित्य क्षेत्र हाँक्ने युग पुरुषहरुको उदय हुने बताए ।
कार्यक्रममा समाजका अध्यक्ष राजुराम मुनंकर्मीको गीत म्युजिक भिडियो लोकार्पण गर्दै जोशीले मुनंकर्मीको वास्तविक जीवनमा घटेका घटनालाई समेटेर गीत रचेकाले मर्मश्पर्शी बन्न पुगेको बताए ।
त्यस्तै वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग: ले भक्तपुर साहित्य समाजले विगत २० वर्ष देखि साहित्य कला र संस्कृतिको सम्वर्द्धन गर्दै आएको बताए । अझै यूवा पुस्तालाई जागरुक गर्न समाज प्रतिवद्ध रहेको विश्वास व्यक्त गरे ।
विगत २० वर्ष देखि नेपाली र नेपाल भाषामा वाङ्मयमा अनवरत रुपमा साहित्यक गतिविधि गर्दै आएको भक्तपुर साहित्यक समाजले स्थापना दिवसको अवशर पारेर यस वर्षको भसास आरवी फाउण्डेसन् प्रतिभा पुरस्कार वाङ्मय शताव्दीपुरुष सत्यमोहन जोशीकै हातबाट भक्तपुरका २ जना सर्जकलाई कवि नविन प्रकास श्रेष्ठ र गायिका सानुमैयाँ धौभडेललाई प्रदान गरेको छ ।
कार्य्रकममा प्रतिभा पुरस्कार छनैट समितिका संयोजक ओम भौभडेलले प्रतिभा भएर पनि राष्ट्रिय स्तरमा चिनिन नसकेका प्रतिभालाई उजागर गर्ने भसासको लक्ष्य अनुरुप पुरस्कृत प्रतिभाहरु छनौट गरेको बताए ।
कार्यक्रममा राजेन्द्र खड्गी र कवि काशीराम विरसले पुरस्कृत स्रष्टाहरुको परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै भसासका सचिव जितेन्द्र रसिकले भक्तपुर साहित्यिक समाज देश भित्र र बाहिर रहेका सबै नेपाली साहित्यकारको साझा चौतारी भएकाले सबै साहित्यकारका लागि समाजको ढोका खुल्ला रहेको बताए ।
समाजका अध्यक्ष राजुराम मुनंकर्मीले साहित्यिक समाजले समाजमा भइरहेका विकृति र समस्यालाई साहित्यबाटै खबरदारी गर्दै रचनात्मक भूमिकामा समाजले काम गर्दै आएको र आगामी दिनमा पनि देशभर समाजले सोहि भूमिकामा रहेर काम गर्ने बताए कार्यक्रममको अन्तमा प्रमुख अतिथि जोशीले भसासका विशिष्ठ र आजीवन सदस्यहरुलाई प्रमाणपत्र र परिचय पत्र वितरण गरेका थिए ।
Related